ग्लोबल


ट्रम्पको घोषणाले सिरियाली शरणार्थीमा उत्साह

ट्रम्पको घोषणाले सिरियाली शरणार्थीमा उत्साह

नेपालखबर
जेठ १, २०८२ बिहिबार ६:०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेपछि सिरियाली शरणार्थीहरू उत्साहित भएका छन्।

मंगलबार रियादमा आयोजित साउदी-अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्दै सिरियालाई लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेका हुन्।

बीबीसी अरबीको 'मिडल इस्ट डेली' रेडियो कार्यक्रमले सिरियामा वर्षौंको युद्धपछि शरणार्थी शिविरमा बसोबास गर्ने मानिसहरूसँग कुरा गरेको छ, जो सिरियामाविरुद्धको प्रतिबन्ध हटेपछि फर्कन पाउने आशामा छन्।

एक महिला भन्छिन्, 'सिरियाली नागरिकका रूपमा मैले युद्ध र बमबारी सामना गरेँ। हिंसाका कारण मैले मेरो गाउँ र घर छाड्नुपपुर्‍यो। म १४ वर्षदेखि पालमा बस्दै आएको छु।'

अर्काले भने, 'एक विस्थापित व्यक्तिका रूपमा म मेरो गाउँ र ध्वस्त सहरहरूमा फर्कने सपना देख्छु ताकि हामी हाम्रो देशको पुनर्निर्माण सुरु गर्न सकौँ। म मेरो घर फर्कन चाहन्छु, मेरा बच्चाहरूलाई स्कुल पठाउन चाहन्छु।'

'अन्तर्राष्ट्रिय संस्थाहरूको सहभागितामा पुनर्निर्माण कार्य सुरु हुन सक्छ ताकि नागरिकहरूले आफ्नो जीवन पुनर्निर्माण गर्न सकून्', अर्का शरणार्थी बसर अल-फारेस भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad