समाज


सुनसरीमा बस दुर्घटना हुँदा आठजना घाइते

सुनसरीमा बस दुर्घटना हुँदा आठजना घाइते

नेपालखबर
बैशाख २९, २०८२ सोमबार २१:४७, इनरुवा (सुनसरी)

कोशी गाउँपालिका–७ हरिपुरमा बस दुर्घटना हँुदा आज आठ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गाईघाटबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ख९९३६ नंको बस अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार २० जनामध्ये आठ जना घाइते भएकोर अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा कोशी–८ का महमद सहिलका पाँच वर्षीय छोरा वानेस मियाँ, २५ वर्षीया रुक्साना खातुन, सबरुम खातुन, निलम राम, इनरुवा–९ का ४५ वर्षीय गुलाबचन्द्र मेहता, बराहक्षेत्र–११ का २१ वर्षीय प्रमोद ऋषिदेव, कोशी–८ का हुसिय मन्सुरीका छोरा रहन मन्सुरी, १७ महिनाकी छोरी रोना खातुन रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।

घाइतेहरूको स्थानीय अस्पताल उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad