समाज


सवा २ करोड हिनामिना अभियोगमा सेनाका पूर्वजमदार कारागार चलान

सवा २ करोड हिनामिना अभियोगमा सेनाका पूर्वजमदार कारागार चलान

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १८:४८, काठमाडौँ

सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिनामा संलग्न रहेको अभियोगमा नेपाली सेनाका पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश डा दिवाकर भट्टको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

अवकास भइसकेका दुई सैनिकविरुद्ध जिल्ला अदालतमा अभियोग दर्ता भएको छ। तर बहालवाला दुई सैनिकमाथि भने सेना आफैँले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर छानबिन गरिरहेको सेनाले जनाएको छ।

कोर्ट अफ इन्क्वाएरीको क्रममा हिनामिनामा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सलको प्रक्रिया अगाडि बढेको छ भने सैनिक ऐन अनुसार कारबाहीको दायरामा नपर्ने अवकाश भइसकेका २ जनालाई कारबाहीको जिम्मा प्रहरीलाई दिइएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धानपछि अवकाशप्राप्त दुई जनाविरुद्ध पनि अदालतमा मुद्दा दायर भएको छ।

उनीहरु यसअघि सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा चारजनाले सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ। नेपाली सेनाले कोर्ट अफ इन्क्वाएरी ९आन्तरिक छानबिन०का क्रममा उनीहरुको पनि संलग्नता पुष्टि भएपछि थप कारबाहीका लागि काठमाडौँ प्रहरीलाई जिम्मा लगाएको थियो।

प्रहरीले सेनाको जमदारबाट अवकाश भइसकेका आत्मराम थापालाई पक्राउ गरे पनि अधिकारी भने अमेरिका पुगिसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad