राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठक राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ।
आइतबार बसेको बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी उपस्थित थिए।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार राजसंस्था पुर्नस्थापनाका लागि जेठ १५ गतेदेखि गर्न लागिएको आन्दोलनबारे छलफल भएको थियो। बैठकले केही निर्णय पनि गरेको छ।
आन्दोलन सुरु हुनुअघि उपत्यकामा प्रचारात्मक अभियान सञ्चालन गर्ने र त्यसको सरुवात जेठ ८ गते काठमाडौँको साँखुबाट हुनेछ।
त्यस्तै आन्दोलनमा उपत्यकाबासीको सक्रिय सहभागीता गराउन टोल–टोलमा घरदैलो, कोणसभा र जागरणका गतिविधि सञ्चालन गर्ने निर्णय समेत गरिएको छ।
जनआन्दोलन समितिको आयोजनामा आज नै विभिन्न ४४ वटा राजावादी दल, संस्था, समूह र अभियानको संयुक्त बैठक समेत बसेको थियो।
Shares

प्रतिक्रिया