समाज


काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कारबाट तीन स्रष्टा र दुई संस्था सम्मानित

काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कारबाट तीन स्रष्टा र दुई संस्था सम्मानित

नेपालखबर
बैशाख २७, २०८२ शनिबार १८:४६, काठमाडौँ

नेपाली भाषा, साहित्य र वाङ्मयको विकासका निम्ति योगदान गरेका तीनजना स्रष्टा र दुई संस्थालाई पुरस्कारसहित सम्मान गरिएको छ।
      
पण्डित काशीनाथ उपाध्याय कट्टेल र उनकी धर्मपत्नी हरिप्रिया कट्टेलको स्मृतिमा स्थापना भएको पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठानले आज काठमाडौँमा कार्यक्रममा आयोजना गरेर ती स्रष्टा संस्थालाई सम्मान गरेको हो।
      
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्राडा हेमाङ्गराज अधिकारी र प्राडा दीर्घराज घिमिरेलाई वाङ्मय पुरस्कार र धनकुटाको विश्रान्तिधाम संस्कृत गुरुकुल र पिण्डेश्वर विद्यापीठ धरानस्थित दुई छात्रलाई सम्मान गरेकी हुन्। अधिकारी र घिमिरेलाई नगद रु २१ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो।

हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार साहित्यकार मुना अर्याललाई प्रदान गरिएको छ। उनलाई नगद रु १५ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको हो।

    
त्यस अवसरमा पूर्वप्रधानन्यायाधीश कार्कीले प्रतिष्ठानका अध्यक्ष प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलद्वारा लिखित ‘व्यावहारिकसंस्कृतसम्भाषणाभ्यासः’ पुस्तक विमोचन गरिन्। पुस्तक समीक्षा गर्दै प्राडा रमा भट्टराईले संस्कृत सिक्न चाहनेका लागि पुस्तक सहयोगी हुने बताइन्।
      
कार्यक्रममा दिइएको जानकारीअनुसार २०६७ सालमा स्थापना उक्त प्रतिष्ठानले हालसम्म नेपाली वाङ्मयको विकासमा योगदान गरेका २४ भन्दाबढी व्यक्ति र संस्थालाई सम्मान गरिसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad