जबरजस्ती करणी सम्बन्धी कसुर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति कतारबाट पक्राउ परेका छन्।
पर्सा वीरगञ्ज महानगरपालिका–३१ बेलवाप्रसौनी ठेगाना भएका समसुदिन अंसारी पक्राउ परेका प्रहरीले जनाएको छ। एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न बिहीबार नेपाल फिर्ता ल्याइएको छ।
उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ अप्रिल १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो।
उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।
180
Shares

प्रतिक्रिया