डिपेन्डेन्ट भिसामा एक युवकलाई क्यानडा लैजाने भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिका– ८ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने वर्ष २७ की सुजिता अधिकारी रहेकी छन्।
सुजिताले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजान सक्ने भनि प्रलोभनमा पारी युवकसँग २० लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार टेकुबाट पक्राउ गरी अपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीकोलागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको छ।
939
Shares

प्रतिक्रिया