समाज


काठमाडौँका एक शिक्षक बाल यौन दुर्व्यवहारको आरोपमा हिरासतमा

काठमाडौँका एक शिक्षक बाल यौन दुर्व्यवहारको आरोपमा हिरासतमा

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १५:५९, काठमाडौँ

काठमाडौँको शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलका शिक्षकमाथि बाल यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान सुरु भएको छ।

मोरङको बेलबारी घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरामा बस्दै आएका ५४ वर्षीय टीकाप्रसाद सुवेदीलाई बानेश्वर वृत्तले पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको हो। 

उनले एक बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै किटानी जाहेरी परेको छ।

सुवेदी उक्त विद्यालयमा १२ वर्ष पहिलेदेखि कार्यरत छन्। सुवेदीमाथि उक्त कसुरमा अनुसन्धान गर्न अदालतले पहिलो पटक ५ दिनको म्याद दिएको छ।

सुवेदीले बालिकालाई पटक–पटक यौन दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख छ। सुवेदीले बालिकालाई विद्यालयमै यौन दुर्व्यवहार गरेको र यसअघि नै विद्यालयमा जानकारी गराए पनि सुनुवाइ नभएको पीडितको गुनासो छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad