समाज


ट्याक्टरको ठक्करबाट जन्ती जाँदै गरेकी महिलाको मृत्यु

ट्याक्टरको ठक्करबाट जन्ती जाँदै गरेकी महिलाको मृत्यु

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १३:३६, काठमाडौँ

खोटाङको हलेसीबाट सुनसरीको इटहरीतर्फ जन्ती जाँदै गरेकी महिलाको ट्याक्टरको ठक्करबाट ज्यान गएको छ। 

सोमबार दिउँसो पौने ४ बजे खोटाङबाट इटहरी तर्फ जन्ती बोकेर जाँदै गरेको को १ ख ४७२१ नम्बरको बसमा सवार महिलालाई बसबाट ओर्लेर हिँड्ने क्रममा ट्याक्टरले ठक्कर दिएको थियो।  

उदयपुरको चौदण्डीगढी नगरपालिका ४ वर्षेडाँडास्थित मदन भण्डारी लोकमार्गमा हलेसी तुवाचुङ नगरपालिका ४ की ४० वर्षीया गीता परियार र सुनसरी इटहरी २० का २३ वर्षीय युजन राईलाई सडक पार गर्ने क्रममा ट्याक्टरले ठक्कर दिएको थियो। 

ना ३त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिँदा घाइते भएकी परियाको  नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

घाइते राईको विराटनगर न्युरो अस्पतालमा उपचार भइरहेको छ। बस रोकेपछि उनीहरू ओर्लिएर पैदल सडक पार गर्ने क्रममा ट्याक्टरले ठक्कर दिएको थियो। 

ट्याक्टर चालक उदयपुर चौदण्डीगढी ४ का ३० वर्षीय विजय बिक र बस चालक उदयपुर ताप्ली गाउँपालिका ४ का ३६ वर्षीय पुरुषोत्तम पोखरेललाई इलाका प्रहरी कार्यालय बेलटारले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad