यतिबेला कैलाली, बर्दिया, बाँके आसपासका क्षेत्रमा चट्याङसहित पानी परिरहेको छ।
यो पानी पर्ने प्रणाली उत्तरपूर्वतिर सर्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अबको केही समय सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।
मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव नेपालको मौसम प्रणालीमा परेको छ।
324
Shares

प्रतिक्रिया