इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै ब्रेन्टफोर्डले युरोपेली छनोटको आशा जिवित राखेको छ।
आइतबार राति भएको खेलमा युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गर्दै युनाइटेडले यूईएफए युरोपा लिगमा छनोट हुने आशा कायम राखेको हो।
पहिलो हाफको १४ औँ मिनेटमा मेसन माउन्टको गोलमा युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो। मेसनले विगंर अलेजान्ड्रो गार्नाचोको क्रसलाई सुन्दर फिनिसिङ दिएका थिए।
२७ औँ मिनेटमा युनाइटेडका लुक शाले आत्मघाति गोल गरेपछि ब्रेन्टफोर्ड बराबरीको स्थितिमा आएको थियो। खेलको ३३ औँ मिनेटमा केभिन स्केडको गोलमा युनाइटेडलविरुद्ध ब्रेन्टफोर्डले अग्रता दोब्बर पार्यो।
पहिलो हाफमा युनाइटेडविरुद्ध अग्रता बनाएको ब्रेन्टफोर्डले दोस्रो हाफमा पनि अग्रता कायम राखन सफल भयो।
खेलको ७० औँ मिनेटमा स्केडले व्यक्तीगत दोस्रो गोल गर्दै युनाइटडेलविरुद्ध ३–१ को अग्रता बनाए। त्यसको चार मिनेटपछि योआन विस्साले गोल गर्दै ब्रेन्टफोर्डको अग्रता बढाए।
तर खेलको ८२ औँ मिनेटमा गार्नाचोको गोलमा युनाइटेड खेलमा फर्कने संकेत गरेको थियो। इन्ज्युरी समयमा अमाड डियालोले युनाइटेडका लागि तेस्रो गोल गरेपनि टोलीको हार टार्न सकेनन्।
जितसँगै ३५ खेलबाट ५२ अंक भएको ब्रेन्टफोर्ड अंक तालिकाको नवौँ स्थानमा छ। समान खेलबाट ३९ अंक बनाएको युनाइटेड १५ औँ स्थानमा छ।
गएराति नै भएको खेलमा लिभरपुललाई ३–१ ले हराएको चेल्सी अंक तालिकाको पाचौँ स्थानमा छ।
जितसँगै चेल्सीले च्याम्पियन्स लिगमा छनोट हुने आशा कायम राखेको छ।
अर्को खेलमा ब्राइटन र न्युक्यासल युनाइटेडले तथा वेष्ट ह्याम र टोटनह्यामले १–१ को बराबरी गर्दै अंक बाँडे।
Shares

प्रतिक्रिया