समाज


मनसुनजन्य विपद् व्यवस्थापनका लागि यसवर्ष समयमै पूर्वतयारी गर्छौं : प्राधिकरण

मनसुनजन्य विपद् व्यवस्थापनका लागि यसवर्ष समयमै पूर्वतयारी गर्छौं : प्राधिकरण

नेपालखबर
बैशाख २१, २०८२ आइतबार १९:४८, काठमाडौँ

सरकारले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी सुरु गरेको छ।

आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले पूर्वतयारी सुरु गरेको जानकारी दिएको हो। 

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विगतका वर्षमा मनसुनजन्य विपद्बाट उच्च जोखिम व्यहोरेकाले यस वर्ष छिट्टै पूर्वतयारी शुरु गरेको बताए। 

उनले हरेक वर्ष मौसमसम्बन्धी पूर्वानुमान घोषणा भएपछि पूर्वतयारी शुरु गर्ने गरिएकोमा यसपटक भारतले गरेको पूर्वानुमानको आधारमा पूर्वतयारी सुरु गरेको बताए। उनले सुरक्षा निकाय तथा विभिन्न एजेन्सीहरुलाई पूर्वतयारीका साथ रहन आग्रह गरिएको बताए।

उनले भने, ‘हामीले पोहोरसाल दुःख पाएको हुनाले यो वर्ष अलि पहिलादेखि तयारी गर्यौँ र सम्बन्धित संघ संस्थाहरू जस्तो सुरक्षाकर्मी, अरु एजेन्सीहरू, जिल्ला विपद् समितिहरुको कामहरु पनि स्पेसिफिक गरेर कुन ठाउँमा कुन कुराहरु राख्नुपर्ने हो त्यो बेला चाहिने कुन लेवलको फरकास्ट एक हप्ता पछि आउँछ भने त्यसका लागि आवश्यक टेमप्लेट बनाउनेदेखि लिएर रिलेसनहरूमा संस्थाहरूलाई राख्ने काम शुरु गरेका छौँ।’

कार्यकारी प्रमुख भट्टले विपद्बाट बच्न क्षति न्यूनीकरणका लागि स्थानीयहरुको भूमिका महत्वपूर्ण हुने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad