समाज


आवासीय चिकित्सक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

आवासीय चिकित्सक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

नेपालखबर
बैशाख २०, २०८२ शनिबार १९:१, काठमाडौँ

आवासीय चिकित्सक र सरकारबीच तीन वटा विषयमा सहमति भएको छ। शनिबार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि तीन विषयमा सहमति भएको हो। 

तीन विषयमा सहमति भएसँगै आवासीय चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ। स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरु आन्दोलन छोड्न सहमत भएका हुन्।

सहमतिसँगै सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकहरुका मागहरु पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको बताए। सहमतिसँगै आन्दोलनको कार्यक्रम फिर्ता लिन चिकित्सकहरु तयार रहेको बताए। 

आवासीय चिकित्सकहरुलाई काम गर्ने वातावरण बनाइदिन पनि निजी मेडिकल कलेजसँग आग्रह गरे। चिकित्सा शिक्षा आयोगले गरेका निर्णयहरु सबै कार्यान्वयन गर्नेगरी मन्त्रालयले वातावरण बनाउने प्रतिबद्धता जनाए।

‘नेपाल चिकित्सक संघको नेतृत्वमा आवासीय चिकित्सकहरुको आन्दोलन भएको थियो,’ मन्त्री पौडेलले भने, ‘त्यो बारेमा हामीले पटक पटक छलफल ग¥यौँ। र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित केही विषयहरु थिए। त्यसको बारेमा हामीले दुई पक्षिय समझदारी गरेर त्यसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता स्वास्थ्य मन्त्रालयले गरेको छ। त्यो प्रतिवद्धता गरिसकेपछि नेपाल चिकित्सक संघ यो आन्दोलन उहाँहरुको घोषित कार्यक्रम थियो, त्यसलाई उहाँहरु फिर्ता लिन तयार हुनुभएको छ।’

आवासीय चिकित्सकहरुले निर्वाह भत्ता आठौं तह सरह हुनुपर्ने, आवासीय चिकित्सकहरुको सुत्केरी बिदा, बिरामी बिदा, ड्युटी आवरको कुरा पनि उठाएको उनले बताए। अहिले आन्दोलनपछि निजी मेडिकल कलेजबाट पनि आठौं तह सरह भत्ता दिने प्रतिवद्धता आएको र विभिन्न कलेजमा आवासीय चिकित्सकहरु काम गर्न फर्किसकेको बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad