राजनीति


नीति तथा कार्यक्रमलाई समर्थन गर्ने कांग्रेसको निर्णय, पक्षमा बोल्न सांसदहरुलाई निर्देशन

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने कांग्रेसको निर्णय, पक्षमा बोल्न सांसदहरुलाई निर्देशन

बानेश्वरमा शनिबार बानेश्वरमा बसेको संसदीय दलको बैठक। तस्बिर: रासस


नेपालखबर
बैशाख २०, २०८२ शनिबार १९:१४, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले सरकारले हिजो पेस गरेको नीति तथा कार्यक्रमलाई समर्थन गरेको छ। 

शनिबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रमलाई सर्मथन गर्ने र नीति तथा कार्यक्रमका पक्षमा रचनात्मक सुझावसहित बोल्न सांसदहरुलाई निर्देशन दिने निर्णय भएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

‘हिजो प्रस्तुत भएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो। नीति तथा कार्यक्रममा धेरै कुराहरु समेटिएका छन्,जुन राष्ट्रिय आवाश्यकताहरु हुन्,’ उनले भने, ‘ती कार्यक्रमहरु हामीले पनि चाहेका कुराहरुलाई समेटिएर आएका हुनाले त्यसलाई समर्थन गर्ने, नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावसहित त्यसको पक्षमा बोल्ने समर्थन गर्ने निर्णय भएको छ।’

बैठकमा संसद्‍मा पेस भएको नीति तथा कार्यक्रम अनुसारै बजेट बनाउनुपर्ने समेत निर्णय गरेको छ। घिमिरेले यसबारे भने, ‘नीति तथा कार्यक्रम कार्यान्वयन हुन बजेटमा पनि समावेश हुनुपर्छ, अगामी बजेट तर्जुमा गर्दाखेरी नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी तर्जुमा गरियोस् भनेर निर्णय गरेका छौँ।’

त्यस्तै विधेयक निर्माणमा सांसदहरुको भूमिका सुस्त हुँदा धेरै कुरामा प्रभाव परेको भन्दै बैठकले यसको गतिलाई तिब्रता दिन कांग्रेसले सक्रियतापूर्वक संसद् र समितिहरुमा काम गर्ने निर्णय समेत बैठकले गरेको उनले जानकारी दिए।

‘विधेयक निर्माणको गति अलिकति सुस्त भएको जस्तो हामीलाई अनुभव भएको छ, र विधेयक निर्माणको गति सुस्त हुँदाखेरि त्यसले पारेको प्रभावहरु धेरै हुने भए,’ घिमिरेले भने, ‘विधेयक निर्माणको गतिलाई तिब्रता दिन कांग्रेसले सक्रियतापूर्वक ढंगले संसदमा र समितिहरुमा भूमिका खेल्नुपर्छ र देखिनेगरी परिणाममुखी ढंगले संसद्‍मा भूमिका खेल्नुपर्छ भन्ने कुरा निष्कर्ष निकालेको छ।’

शिक्षकसँग गरिएको सहमतिअनुसार असार १५ गतेसम्म विद्यालय शिक्षा विधेयक संसद्‍बाट पारित गर्ने प्रतिवद्धता पनि बैठकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad