ad ad

समाज


प्रहरीको निःशुल्क खाद्यान्न सहयोग

प्रहरीको निःशुल्क खाद्यान्न सहयोग

नेपालखबर
चैत १९, २०७६ बुधबार १६:३३,

कोभिड–१९ जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले अङ्गिकार गरेको लकडाउन नीतिबाट दैनिक गुजारा चलाउन अप्ठेरो परेका व्यक्तिलाई प्रहरीले खाद्यान्न वितरण गरेको छ।

महानगरीय प्रहरी कार्यालयले त्यस्ता असहाय, अपाङ्गता, फरक क्षमता भएका तथा दैनिक ज्यालादारीबाट गुजारा चलाउने व्यक्तिमा परेको समस्यामा सुल्झाउन काठमाडौंका विभिन्न क्षेत्रमा खाद्यान्न वितरण गरेको हो। महानगरीय प्रहरी कार्यालयका अनुसार, विभिन्न बैंकसँगको सहकार्यमा सुनगाभावाटिका नेपाल कालोपुलमा २०० जना, उज्यालो नेपाल, कुमारीगालमा ४० जना, हाम्रो सुनौलो संसार गोकर्णेश्वर जोरपाटीमा १४ जना, सोलु बालगृह कल्याण अनाथालय संस्था गोकर्णेश्वरमा १० जना बालबालिकालाई निःशुल्क खाद्यान्न वितरण गरिएको छ।

केयर बालगृहमा १५ जना, महिला बालबालिका उत्थान केन्द्र बूढानीलकण्ठमा १० जना र महानगरीय प्रहरी कार्यालयको हटलाईमा फोन सम्पर्क गर्ने दैनिक ज्यालादारी मजदूर १९ जनालाई महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामग्री वितरण गरेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .