पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको आज ७७ वर्षका उमेरमा निधन भएको छ।
एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो।
उनी निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध थिए। उनका ११ कृति प्रकाशित छन्।
हाल उनले उराँव जातिका बारेमा लेख्दै गरेको डा भीम खतिवडाले जानकारी दिए। उनको आजै इटहरीस्थित बूढीगङ्गाघाटमा दाहसंस्कार गरियो। उनका ६ छोरी छन्।
प्रतिक्रिया