ad ad

समाज


कतारमा श्रमिकलाई घरबाटै काम गर्ने व्यवस्था गर्न निजी क्षेत्रलाई सरकारको निर्देशन

कतारमा श्रमिकलाई घरबाटै काम गर्ने व्यवस्था गर्न निजी क्षेत्रलाई सरकारको निर्देशन

नेपालखबर
चैत १९, २०७६ बुधबार १६:३,

कतार सरकारले निजी क्षेत्रका ८० प्रतिशत श्रमिकलाई घरबाटै काम गर्ने व्यवस्था गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ।

बुुधबार बसेको सप्ताहिक बैठकले कोराना संक्रमणको जोखिमलाई कम गर्न कम्पनीमा श्रमिकको संख्या घटाउने निर्णय गरेको हो।

कम्पनीमा काम गर्ने २० प्रतिशत श्रमिकले पनि बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै काम गर्न पाउने छन्। यो नियम अत्यावश्यक क्षेत्र बाहेकका श्रमिकका लागि लागू हुनेछ। खाद्य स्टोर, फार्मेसी, रेस्टरेन्ट र वितरण क्षेत्रका श्रमिकमा भने यो नियम लागू हुनेछैन।

यस्तै सरसफाइ क्षेत्रका कम्पनी तत्कालका लागि बन्द गरिएको छ। सवारी साधानमा पनि क्षमताभन्दा आधा मात्रै यात्रु बोक्न निर्देशन जारी गरेको छ। यसअघि मंगलबार क्वारन्टिनमा बस्ने श्रमिकलाई पूरै तलब दिनुपर्ने निर्णय गरेको थियो।

कोरोना संक्रमणका कारण कतार फर्किन नपाएका कामदारको भिसा सकिए बिनाजरिवाना नवीकरण गर्ने पनि कतारको निर्णय छ। कतारमा करिब साढे ४ लाख नेपाली कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .