समाज


प्रिसा मृत्युबारे ओडिसा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ : भारतीय विदेशमन्त्रालय

प्रिसा मृत्युबारे ओडिसा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ : भारतीय विदेशमन्त्रालय

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १३:४१, काठमाडौँ

भारतको ओडिसास्थित केआईआईटी कलेजमा नेपाली छात्रा प्रिसा साह मृत भेटिएको विषयमा भारतीय विदेशमन्त्रालयले दुःख व्यक्त गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दैै मन्त्रालयले घटनाको जानकारी आएदेखि नै मन्त्रालय ओडिसा राज्य सरकारसँग निन्तर सम्पर्कमा रहेको बताएको छ। 

ओडिसा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग गरेको र राज्य प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको मन्त्रालयको भनाइ छ। ‘विदेश मन्त्रालयले यस दुःखद घटनाको जानकारी पाएदेखि नै ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ,’ विज्ञप्तिमा भनेको छ, ‘ओडिसा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र ओडिसा प्रहरीले हाल घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।’

त्यस्तै मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, संरक्षण र हितलाई अत्यन्त गम्भीरतापूर्वक सरकारले लिएको उल्लेख गरेको छ। ‘भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, संरक्षण र हितलाई अत्यन्त गम्भीरतापूर्वक लिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाली अधिकारीहरू, ओडिसा राज्य सरकार तथा केआईआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्क र समन्वयमा रहेका छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad