सगरमाथा संवादमा सहभागिताका लागि कोप–२९ का अध्यक्ष मुख्तर बबया आउने भएका छन्।
नेपाल सरकारको आयोजनामा आगामी जेठ २ देखि ४ गते (मे १६ देखि १८) सम्म हुन लागेको यस विश्वस्तरीय सम्मेलनमा सहभागिताका लागि गरिएको निम्तिा अजरबैजानका पर्यावरण तथा प्राकृतिक स्रोतमन्त्रीसमेत रहेका बबयाले स्वीकार गरेका हुन्।
उनी ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेको नयाँ दिल्लीस्थित अजरबैजानको दूतावास स्रोतले जानकारी दिएको छ।
अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभको नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौँमै छ। उक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सगरमाथा संवादमा अजरबैजानको सहभागिताबारे निश्चित गरेको हो।
उनले सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन्।
उनी जेठ १ गते नै नेपाल आइपुग्नेछन् भने जेठ ४ गते फर्किनेछन्।
यसबीचमा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग छुट्टाछुट्टै शिष्टाचार भेट पनि गर्ने कार्यक्रम तय भएको छ।
Shares

प्रतिक्रिया