नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी ग्रान्डी अस्पताल भर्ना भएकी हुन्।
श्रेष्ठका अनुसार, केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो। बुधबार सञ्चो नहुँदा नहुँदै पनि जनमत पार्टीसँगको एकता घोषणा सभामा जान लागेकी थिइन्।
एकता घोषणा कार्यक्रम सुरु नहुँदै पार्टीका संरक्षक एवं उनका श्रीमान् रेशम चौधरी पक्राउ परेपछि थप तनाव झेल्नुपरेको थियो। सर्वोच्च अदालतको विवादित पत्र सच्चिएर रेशम रिहा हुने भएपछि उनलाई लिन डिल्लीबजार कारागारसमेत पुगेकी थिइन्।
त्यसपछि भने पार्टीका बैठकहरूमा पनि नगएर हिजो साँझ नै अस्पताल भर्ना भएको श्रेष्ठले नेपालखबरसँग बताइन्।
1.1k
Shares

प्रतिक्रिया