ad ad

समाज


एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

नेपालखबर
चैत १९, २०७६ बुधबार १२:२०,

सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा एम्बुलेन्सको ठक्करबाट बुधबार एकको मृत्यु भएको छ।

मृत्यु हुनेमा इनरुवा–६ मधेशाकी ३५ वर्षीया रत्ना श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोपाली टोलमा को १ च ९६०५ नं को एम्बुलेन्सले को १६ प २०६४ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार श्रेष्ठको ज्यान गएको प्रहरी नायव उपरीक्षक शर्माले बताए।

मृतक श्रेष्ठ मधेशा स्वास्थ्य चौकीमा कार्यरत रहेको बताइएको छ। ठक्कर दिने एम्बुलेन्स र चालक मोरङ सुन्दरहरैचाका ४० वर्षीय चन्द्र राई प्रहरी नियन्त्रणमा रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .