ad ad

समाज


वडाध्यक्षको गुनासोः व्यवसाय गर्नेहरुसमेत राहत लिने लाममा

वडाध्यक्षको गुनासोः व्यवसाय गर्नेहरुसमेत राहत लिने लाममा

नेपालखबर
चैत १९, २०७६ बुधबार १२:१८,

काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले पसल व्यवसाय गर्नेहरुसमेत राहत लिने लाममा लाग्दा समस्या भएको बताएका छन्।

अति विपन्न, असहाय र दैनिक ज्यालादारी गरी खानेको विवरण ल्याउने र घरघरमै राहत पु-याउने योजना बनाएर वडाले लगत संकलन गरेको अध्यक्ष डंगोलले बताए। करिब १ हजार ५ सय परिवारलाई राहत दिनुपर्ने भएपनि पसल गर्नेहरु, कोठा भाडामा लिएर बस्ने, सानोतिनो व्यवसाय गर्ने सबै राहत लिने लाममा लागेको उनले बताए।

‘हामीले उहाँहरुलाई ७ दिन खान पुग्ने खाद्य सामाग्री भए राहतका लागि नआउन भनेका छौं’ वडाध्यक्ष डंगोलले भने।

उनका अनुसार वडामा करीब १७ हजार घर संख्या, १५ हजार मतदाता र ५१ हजार जनसंख्या छ। यस क्षेत्रभित्र पर्ने गणेशस्थानको पछिल्लो भाग, सिफल, भण्डारखाल, कुमारीगाल, चारुमती अघिको पीपलबोटभित्र, पशुपति क्याम्पस छेउको पीपलबोट नजिक र गंगाहिटी गरी ७ ठाउँमा अव्यवस्थित बसोबास छ।

वडा सचिव कविता राईकाअनुसार वडामा अहिलेसम्म २२० जनाको विवरण प्राप्त भइसकेको छ। त्यस्तै सहयोग दाताहरु पनि आएका छन्। ओमादि फाउन्डेसनले ५१ हजार रुपैयाँ सअयोग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .