ad ad

समाज


ट्राफिक कार्यालय प्रवेश गर्नुअघि ज्वरो नापिने, साबुन पानीले हात धुनुपर्ने

ट्राफिक कार्यालय प्रवेश गर्नुअघि ज्वरो नापिने, साबुन पानीले हात धुनुपर्ने

नेपालखबर
चैत १९, २०७६ बुधबार १२:०,

दैनिक सडकमा खट्नुपर्ने ट्राफिक प्रहरीहरूलाई कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सजगताका उपायहरू अपनाएको छ।

महाशाखाले कोरोना रोकथाम तथा सम्भावित माहामारीविरुद्ध न्यूनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक व्यवस्था गरेको जानकारी गराएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्ना प्रहरी कर्मचारीहरूमा नोभेल कोराना भाईरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै बाहिरी प्रवेश गेटमा पीपीई पोसाक लगाई स्वास्थ्यकर्मीले थर्मल गनमार्फत ज्वरो नाप्ने व्यवस्था गरेको छ।

महाशाखाले यसअघि नै कार्यालय प्रवेश गर्नु अघि हरेक प्रहरी कर्मचारी र सेवाग्राहीहरुले पहिले साबुन पानीले अनिवार्य हात धुनका लागि पानीको धारा र छेउमा हेन्ड वास राखि सकेको छ। हात धोईसकेपछि मात्र कार्यालय प्रवेश गर्न पाइने व्यवस्था मिलाई सकेको छ। त्यस्तै महाशाखाका मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूमा पनि नियमित रूपमा हात धुने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालकका अनुसार प्रहरी कार्यालयमा बिभिन्न किसिमको मानिसहरु आवतजावत गर्ने तथा दैनिक प्रत्यक्ष सडकमा खट्टिनुपर्ने भएकाले विश्व माहामारीको रुपमा फैलिरहेको नोभेल कोरोनो भाइरस संक्रमणबाट बच्नका लागि पूर्व साबधान रहन यस्तो व्यवस्था गरिएको बताए।

महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी प्रत्येक ट्राफिक प्रहरीहरूलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरिसकेको जानकारी प्रवक्ता जिवन कुमार श्रेष्ठले दिए।

वर्तमान सुरक्षा अवस्था समेतलाई मध्यनजर गर्दै हरेक प्रहरी कर्मचारीहरूलाई सचेत रहन र संक्रमणबाट बच्नको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान महाशाखा मातहतका ट्राफिक प्रहरीहरूलाई दिएको प्रमुख ढकालले जानकारी दिए।

भाइरस समन्वय डेस्क
महाशाखाले स्वास्थ्यकर्मीसहित प्रनाउको कमान्डमा समन्वय डेस्कसमेत गठन गरेको छ। त्यस्तै महाशाखाले २५ जनाको लागि क्वारेन्टिन वार्ड तयार गरेको जनाएको छ।

ट्राफिक प्रहरीले विशेष परिस्थिति र आवश्यकताको आधारमा मात्र विदा/छुट्टी छाड्ने व्यवस्था मिलाएको छ। विदाबाट फर्किएका व्यक्तिहरुलाई अनिवार्य रुपमा १४ दिनसम्म होम क्वामरेन्टाइनमा राखेर चेकजाँचपछि मात्रै डिउटी खटाउने जनाएको छ।ब्यारेकभित्रका ट्राफिक प्रहरीको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरिक्षक जिवन कुमार श्रेष्ठले बताए।

ब्यारेकमा सुत्ने खाटको दुरी घटीमा एक मिटरको राख्ने व्यवस्था गरेको छ। त्यस्तै सबै ट्राफिक प्रहरीलाई ड्युटीपश्चात ब्यारेक हाताभित्र नै लकडाउन गरिएको छ। साथै ड्युटीमा कम्तिमा २ मिटर दुरीमा नागरिक सँग दुरी कायम गर्ने व्यवस्था पनि मिलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .