नेपाल शिक्षक महासंघको विस्तारित पदाधिकारी बैठक भर्खरै सम्पन्न भएको छ।
बैठकले आन्दोलन सँगसँगै सरकारसँग पूर्वसहमति कार्यान्वयनबारे स्पष्ट मार्गचित्रसहित निर्णायक वार्ता गर्ने सर्वसम्मत निर्णय गरेको छ।
शिक्षा मन्त्रालयले दिउँसो ३ बजे वार्तामा बोलाएको थियो। शिक्षकहरूको बैठक लम्बिँदा वार्ताको समय पर धकेलिएको थियो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आफू वार्ताका लागि महासंघका प्रतिनिधिहरूलाई कुरिरहेको तर उनीहरू नआएको नेपालखबरलाई बताएका थिए।
यसअघि सोमबार दुई चरणमा शिक्षक र सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो। वार्ता सकारात्मक रहेको सरकारी पक्षको भनाइ थियो।
वार्ताका लागि शिक्षामन्त्री कुरेको कुर्यै, शिक्षकहरू छलफलमा
9.6k
Shares

प्रतिक्रिया