आन्दोलनरत शिक्षकसँग आज हुने भनिएको वार्ता अझै सुरु हुन सकेको छैन।
नेपाल शिक्षक महासंघसँग सामेबार अबेरसम्म भएको छलफलबाट सहमतिमा पुग्न नसकिएपछि आज दिउँसो ३ बजे वार्ता गर्ने तय भएको थियो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आफूले वार्ताका लागि महासंघका प्रतिनिधिहरूलाई कुरिरहेको नेपालखबरलाई बताए। ‘उहाँहरूलाई मन्त्रालयमा कुरिरहेको छु, आउनुभएको छैन,’ पन्तले भने।
आन्दोलतरत शिक्षकहरूले भने आफूहरू अझै छलफलमा रहेको बताएका छन्। नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले आफूहरू छलफलमै रहेको जानकारी नेपालखबरलाई दिए।
सोमबार रातिसम्म भएको छलफल सहमतिमा पुग्न सकेको थिएन। हिजो वार्ताबाट निस्कँदै गर्दा शिक्षामन्त्री पन्तले वार्ता धेरै सकरात्मक भएको र अब टुंग्याउन बाँकी विषय थोरै मात्रै रहेको बताएका थिए।
तर, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने अझै धेरै विषय मिल्न बाँकी रहेको उल्लेख गरेका थिए।
विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्नेलगायतका माग राखेर शिक्षकहरू २८ दिनदेखि काठमाडौँकेन्द्रित प्रदर्शनमा छन्।
Shares

प्रतिक्रिया