ad ad

समाज


गण्डकी प्रदेशको आपतकालीन कोषमा संघ संस्थाले थपे ६२ लाख

गण्डकी प्रदेशको आपतकालीन कोषमा संघ संस्थाले थपे ६२ लाख

नेपालखबर
चैत १९, २०७६ बुधबार १०:३०,

विश्वव्यापी रुपमा बढिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिनका लागि गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्ले रु १५ करोडको आपतकालीन कोष स्थापना गरेसँगै यस कोषमा रकम जम्मा हुने क्रम बढिरहेको छ।

सोहीअनुरुप अहिले कोषमा विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम बढिरहेको छ। कोषमा विभिन्न संघसंस्थाले हालसम्म रु ६२ लाख ५६ हजार ७५२ जम्मा गरेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए।

वित्तीय संस्था, एन प्याब्सन, युवा क्लब, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समिति, निजामती कर्मचारी संगठन, नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशसभा संसदीय दल तथा सरकारले नियुक्त गरेका पदाधिकारीबाट गरी उक्त रकम जम्मा भएको हो।

कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि रु १५ करोडको कोष स्थापना गर्ने र उक्त कोषमा प्रदेश मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने साथै कोषका लागि प्रदेशसभा सदस्य, निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, व्यापार व्यवसायीलगायत सबैलाई आग्रह गर्ने निर्णय गरेको थियो।

प्रदेश सरकारले आपतकालीन कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा स्थापना गरेका कोराना भाइरस रोकथाम आपतकालीन कोषका लागि खाता नं ३०२००१८८३०१ मा जम्मा गरेर सहयोग गर्न मुख्यमन्त्रीले सबैमा अपिल गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .