ad ad

समाज


स्पेनमा कोरोना संक्रमितको संख्या लाखभन्दा बढी पुग्यो, एकैदिन ८६४ को मृत्यु

स्पेनमा कोरोना संक्रमितको संख्या लाखभन्दा बढी पुग्यो, एकैदिन ८६४ को मृत्यु

नेपालखबर
चैत १९, २०७६ बुधबार १०:२९,

युरोपली राष्ट्र स्पेनमा कोरोना संक्रमितको संख्या एक लाखभन्दा बढी पुगेको छ।

बुधबारसम्मको तथ्यांकअनुसार स्पेनमा १ लाख २ हजार १३६ संक्रमित छन्।

गएको २४ घण्टामा स्पेनमा ८६४ ले ज्यान गुमाएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ५३ पुगेको छ।

स्पेनमा कोरोना संक्रमित र मृतक संख्या कोरोनाको उद्गमस्थल चीनमा भन्दा बढी छ।

कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको सूचीमा भने स्पेन तेस्रो स्थानमा पर्छ। अमेरिका र इटलीपछि स्पेन कोरोनाले सबैभन्दा बढी प्रभावित क्षेत्र हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .