समाज


आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने

आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १३:९, काठमाडौँ

आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने भएको छ। सोमबार रातीसम्म भएको छलफल सहमतिमा पुग्न नसकेपछि आज दिउसो ३ बजे पुनः वार्ता हुने भएको हो। 

शिक्षामन्त्री रघुजी पन्तको सचिवालयका अनुसार शिक्षक महासंघका पदाधिकारीलाई यसबारे जानकारी गराइएको छ। शिक्षकहरुसँगको वार्ता सहमतिको नजिक पुगेको तथा आज, भोलिसम्म सहमति गर्ने तयारी रहेको सचिवालयले जनाएको छ। 

हिजो राति भएको छलफलको बिषयमा शिक्षकहरुले आन्तरिक छलफल गरेपछि वार्तामा आउने बताएको जानकारी दिएको पनि शिक्षामन्त्रीको सचिवालयले जनाएको छ। 

शिक्षकको माग पुरा गर्न ८ अर्ब बढी रकम खर्च हुने बिषयमा शिक्षा मन्त्रालय सहमत हुन नसक्दा सोमवार बसेको बैठक निष्कर्षमा पुग्न नसकेको जनाईएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad