समाज


एएफपीपीडीको युवा समिति अध्यक्षमा थकाली निर्वाचित

एएफपीपीडीको युवा समिति अध्यक्षमा थकाली निर्वाचित

नेपालखबर
बैशाख १५, २०८२ सोमबार १३:२३, काठमाडौँ

प्रतिनिधि सभाका सांसद योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी)को युवा समिति अध्यक्षमा चयन भएका छन्। थकाली नेपाली कांग्रेसका सांसद हुन्।

यही अप्रिल २७ र २८ गते मलेसियाको क्वालालम्पुरमा सम्पन्न एएफपीपीडीको महासभाबाट थकाली अध्यक्षमा चयन भएका हुन्। 

एएफपीपीडी एसिया-प्रशान्त र मध्य एसियाका ३० वटा राष्ट्रिय समितिका सांसद मिलेर बनेको क्षेत्रीय सञ्जाल हो।

यसले महिला, बालबालिका, युवा र वृद्धजस्ता समूहको हितमा नीतिगत संवाद र सहकार्य प्रवर्द्धन सम्बन्धी काम गर्दै आएको छ।

सांसद थकालीले जलवायु संकटसम्बन्धी विषयलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएका छन्। उनले विभिन्न मञ्चमा जलवायु संकटको आवाज उठाउँदै दीगो र समावेशी नीतिको पक्षमा वकालत गर्दै आएका छन्। 

अध्यक्षमा चयन भएपछि उनले युवा आवाजलाई अगाडि बढाउने, समावेशी नीति प्रवर्द्धन गर्ने, क्षेत्रीय सहकार्यलाई बलियो बनाउने र जलवायु परिवर्तनका विरूद्ध ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad