समाज


देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

नेपालखबर
बैशाख १५, २०८२ सोमबार १२:३, काठमाडौँ

आज सोमबार देशैभर वर्षा हुने सम्भावना देखिएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबै नागरिकलाई सुझाव दिएको छ। 

महाशाखाले जारी गरेको सूचनाअनुसार आज कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो। 

सूचनामा अगाडि भनिएको छ: कोसी प्रदेशका एक-दुई ठाउँमा भने भारी वर्षा पनि हुने सम्भावना छ। हिमाली क्षेत्रका पनि थोरै ठाउँमा हल्का हिउँ/पानी पर्ने देखिन्छ। सतर्क रहनुहोला।

हेर्नुहोस् मौसम महाशाखाले जारी गरेको २४ घण्टाको अनुमान:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad