समाज


प्रहरीसँगको झडपपछि शिक्षक महासंघको आकस्मिक बैठक

प्रहरीसँगको झडपपछि शिक्षक महासंघको आकस्मिक बैठक

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १७:१९, काठमाडौँ

आन्दोलनरत शिक्षक महासंघको आकस्मिक बैठक जारी छ। आइतबार बानेश्वरमा भएको प्रदर्शनमा प्रहरी दमन भएपछि यसको समीक्षा गर्न महासंघको बैठक बसेको हो। 

महासंघका महासचिव तुलाबहादुर थापाले आफ्नो आन्दोलनमाथि दमनभएपछि त्यसबारे छलफल गर्न बैठक बसिरहेको जानकारी नेपालखबरलाई दिए।

महासंघले प्रहरीसँगको झडपमा ६२ जना शिक्षक घाइते भएको बताएको छ। 

निषेधित क्षेत्र तोड्न खोजेका कारण झडप भएको प्रहरीले दाबी गरेको छ भने शिक्षक महासंघले भने आफ्नो आन्दोलमा घुसपैठ भएको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad