कारोबार


वित्तीय क्षेत्र अझै चुनौतीपूर्ण अवस्थामै छ ः कामु गभर्नर ढुंगाना

वित्तीय क्षेत्र अझै चुनौतीपूर्ण अवस्थामै छ ः कामु गभर्नर ढुंगाना

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १७:२६, काठमाडौँ

नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले वित्तीय क्षेत्र चुनौतीपूर्ण अवस्थामै रहेको बताएकी छिन्। 

नेपाल राष्ट्र बैंकको ७०औँ वार्षिक उत्सवका अवसरमा बोल्दै उनले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि कर्जामा अपेक्षित सुधार नदेखिँदा वित्तीय क्षेत्र अझै चुनौतीपूर्ण अवस्थामै रहेको  बताएकी हुन्।

आन्तरिक अर्थतन्त्रमा संरचनागत एवं व्यवस्थापनजन्य विषयहरुको सम्बोधन अहिलेको आवश्यकता भएको उनको भनाइ छ।

यो उच्च तरलता र न्यून ब्याजदरका बाबजुद पनि निजी क्षेत्रतर्फ कर्जा जान नसक्दा त्यसले वित्तीय क्षेत्रको चुनौती कायमै राखेको ढुंगानाले बताइन्। 

उनले भनिन्, ‘उच्च तरलता एवं न्यून ब्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवं आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्च अपेक्षित रुपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरु समयमै सम्पन्न हुन नसक्नुजस्ता चुनौतीहरु कायमै छन्।’

अर्थतन्त्र लयमा आउन थालेको बताउँदै उनले बाह्य क्षेत्र समेत सबल हुँदै गएको अवस्थामा कर्जा प्रवाह पनि बढाउनुपर्ने चुनौती रहेको बताइन्।

अमेरिकाको भन्सार दर नीति तथा व्यापार नीति र रुस युक्रेनको युद्धले समेत मुद्रास्फीति, वैदेशिक सहायता एवं बाह्य क्षेत्र व्यवस्थापनमा चुनौती थपिने कामु गभर्नर ढुंगानाको भनाइ छ। 

उनले नेपालको वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको विस्तारमा भने उल्लेख्य प्रगति हासिल गरिएको पनि उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad