समाज


पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा रुपन्देहीबाट एकजना पक्राउ

पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा रुपन्देहीबाट एकजना पक्राउ

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार २०:४०, काठमाडौँ

पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार संकलनका क्रममा दुर्व्यवहार गरी फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ।

सोमबार समाचार संकलनका क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि मर्चवारमा दुर्व्यवहार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

रुपन्देही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले यादवमाथि अभद्र व्यवहार मुद्दामा खोजतलासको क्रममा नेपाल‐भारत सिमाक्षेत्रबाट पक्राउ गरिएको बताए।

पत्रकार विश्वकर्माले यादव नेतृत्वको ७÷८ जनाको समूहले समाचार संकलनको क्रममा आफूलाई अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दिएका थिए। यादवलाई कानुनी कारबाही र पत्रकार विश्वकर्मालाई न्यायका लागि लुम्बिनी प्रेस क्लबले यही वैशाख ९ गते जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा २४ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो।

सो अवधिमा यादव पक्राउ नपरेपछि प्रेस क्लबले तीन दिने आन्दोलन कार्यक्रमको घोषणा गर्दै पहिलो दिन कार्यक्रमअन्तर्गत आज ११ गते बिहान सवा १० बजेदेखि एक घण्टासम्म जिल्ला प्रशासन कार्यालय रूपन्देही अगाडि धर्ना दिएको थियो।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार हरिबहादुर थापा, तीर्थ कोइराला, उज्ज्वल शर्मा, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलगायत पेशागत सङ्घ सङ्गठनले ऐक्यबद्धता जनाएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad