दाङमा माटोको ढिस्कोमा पुरिएर एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका— २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो।
बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका बेला उनी ढिस्कोमा पुरिएका थिए। उनलाई उद्धार गरी अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा प्रहरीले जनाएको छ।
96
Shares

प्रतिक्रिया