समाज


काठमाडौँमा गुडिरहेको बसमा आगलागी

काठमाडौँमा गुडिरहेको बसमा आगलागी

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १४:४७, काठमाडौँ

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी भएको छ।

बिहीबार दिउँसो चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा सडकमा गुडिरहेको बा प्र०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो।

विद्युत्‌को लाइन सर्ट भएर बसमा आगलागी भएको हो।

थानकोटतर्फ जाँदै गरेको बसको इन्जिनमा आगो सल्किएर पूरै बसमा आगो लागेको थियो। बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। 

यात्रुहरू भने आगो लागेको देखनासाथ निस्किएर भागेकोले सकुशल रहेका प्रहरीले जनाएको छ।

आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाको दमकल बोलाएर आगो नियन्त्रण गरिएको हो। उक्त आगो नियन्त्रणमा आइसकेको छ ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad