समाज


शिक्षकका माग वार्ताबाटै सम्बोधन हुन्छन्ः उपप्रधानमन्त्री पौडेल

शिक्षकका माग वार्ताबाटै सम्बोधन हुन्छन्ः उपप्रधानमन्त्री पौडेल

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १८:४०, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षकहरुको माग वार्ताका माध्यमबाट नै सम्बोधन हुने बताएका छन्। अर्थ समितिको बुधबारको बैठकमा बोल्दै उनले विश्वमा ठूला-ठूला युद्धहरु र नेपालकै परिवेशमा १० वर्षे शसस्त्र द्वन्द्व वार्ताकै माध्यमबाट टुंगिएको भन्दै गुरुहरुका माग पनि वार्ताबाटै टुंगिने बताए। 

उनले प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग ज्ञापन पत्रका माध्यमबाट मागहरु राख्दा समाधान हुने ठाउँमा आन्दोलनमा आएपनि अब वार्ताका माध्यमबाट समस्या समाधान हुने जिकिर गरे। 

‘खासगरी यो शिक्षकहरुको आन्दोलनको विषय उठेको छ। शिक्षकहरु आन्दोलनमा आउनुभयो,’ पौडेलले भने, ‘सरकारले उहाँहरुलाई सम्मानपूर्वक नै सम्बोधन गरी आएको छ। सरकारको आग्रह के हो भने यो सरकारले शिक्षकका वा कुनैपनि समुदाय, वर्गका समस्या सुन्छ, समाधान गर्ने सामथ्र्यको सीमाभित्र रहेर समाधान गर्ने पहल पनि गर्दछ। त्यसकारण ज्ञापनपत्रमार्फतका माध्यमबाट पनि यो समस्या समाधान गर्न सकिन्छ।’

उनले थपे, ‘प्रधानमन्त्री, शिक्षामन्त्रीसमक्ष हाम्रा यी मागहरु पूरा हुन् भनेर पनि जान सकिन्थ्यो। खैर उहाँहरु आन्दोलनमा आउनुभयो। आन्दोलनमा आइसकेपछि सरकारले वार्तामा आउनुस् भनेर जोड दियो। वार्तामा आउन उहाँहरुले हिच्किचाउनु भयो। त्यस्तो अवस्थामा शिक्षा मन्त्रालयले फर्मली आउनु हुन्न भने इनफरमल्ली आउनुस् भन्यो। यो तहसम्म जान सकिन्छ भनेर छलफल पनि भयो।’

उपप्रधानमन्त्री पौडेलले वर्तमान सरकारले शिक्षकसहित कुनैपनि वर्ग र समुदायका समस्या सुन्ने र सामथ्र्यताको माध्यमबाट समाधान गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad