ad ad

समाज


नेपालमा कोरोना परीक्षण संख्या हजार नाघ्यो, एकै दिन आयो ९७ जनाको रिपोर्ट

नेपालमा कोरोना परीक्षण संख्या हजार नाघ्यो, एकै दिन आयो ९७ जनाको रिपोर्ट

नेपालखबर
चैत १८, २०७६ मंगलबार १४:०,

नेपालमा कोरोना भाइरस संक्रमणको आशंकामा परीक्षण गराउनेको संख्या हजार नाघेको छ।

मंगलबार एकै दिन ९७ जनाको रिपोर्ट आएपछि कोरोना जँचाउनेको संख्या १ हजार ६० पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (मंगलबार) आएका सबै ९७ जनामै कोरोना भाइरस नरहेको पुष्टि भएको छ।

अहिलेसम्म नेपालमा ५ जनामा मात्रै कोरोना भाइरस संक्रमणपुष्टि भएको छ। जँचाएकामध्ये १ हजार ५५ जनामा भने कोरोना भाइरस नरहेको पुष्टि भएको मन्त्रायले मंगलबार आफ्नो बेवसाइटमा अपडेट गरेको तथ्यांकमा उल्लेख छ।

Screenshot 25

यी परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको मन्त्रालयले जनाएको छ।

संक्रमित ५ मध्ये एक जना निको भइसकेका छन् भने ४ जनाको उपचार जारी रहेको मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म कोरोनाका कारण कसैको मृत्यु भएको छैन।

केही दिनयता नेपालमा कोरोना भाइरस लक्षण देखिएका बिरामीको नमुना परीक्षण गर्ने क्रम दिनप्रतिदिन बढिरहेको छ।

पहिले कोरोना संक्रमणको आशंका भएका बिरामीको स्वास्थ्य परीक्षणका लागि उपत्यका बाहिरका अस्पतालले पनि नमुना (र्‍याल) टेकुमै पठाउनुपर्ने बाध्यता थियाे। अब भने प्रदेशस्तरमा पनि यो काेराेना परीक्षणको सुविधा विस्तार भइरहेकाले क्रमश: याे बाध्यता हट्दै जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जसअन्तर्गत प्रदेश १ को धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत १६ र गण्डकी प्रदेशको पोखरामा चैत १८ मा काेराेना परीक्षण सुरु भइसकेको सरकारले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .