ad ad

समाज


गण्डकीमा आइपुग्यो स्वास्थ्य सामग्री

गण्डकीमा आइपुग्यो स्वास्थ्य सामग्री

वाशुदेव मिश्र
चैत १८, २०७६ मंगलबार १२:३,

संघीय सरकारले गण्डकी प्रदेशलाई पठाएको स्वास्थ्य सामग्री पोखरा आइपुगेको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको कोभिड–१९ परीक्षण गर्ने पोर्टेबल आरटी पीसीआर मेसिनसहित १ हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट पीपीई,४ सय थान एन–९५ मास्क, १० थान आइआर थर्मामिटर, एक सेट पोर्टेबल भेण्टिलेटर, २ हजार थान मास्क र त्यति नै संख्यामा पञ्जा उपलब्ध भएको स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले बताए।

उनका अनुसार ती सामानहरु आवश्यकता अनुसार विभिन्न जिल्ला अस्पताल र स्वास्थ्यकेन्द्रहरुलाई बितरण गरिने छ।

यता, संघीय सरकारले पठाएको कोरोना परीक्षण गर्ने पीसीआर मेसिन अहिले गण्डकी अस्पतालको प्रयोगशालामा जडान गरिएको छ। उनका अनुसार मंगलबार नै त्यो मेसिनबाट स्वाब परीक्षण गरिनेछ।

पछिल्लो समय गण्डकीमा कोरोना परीक्षणको लागि आउनेहरुको संख्या बढ्दै गएको छ। मंगलबारसम्म ४३ जनाको नमूना संकलन गरिएको र तीमध्ये एउटाको पोजेटिभ तथा २० जनको नेगेटिभ रिपोर्ट आएको छ।

संकलन गरिएका नमूनाहरु काठमाडौंमा परीक्षण गरिएको हो। बाँकी २२ वटाको भने नतिजा आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .