ad ad

समाज


देशभर ८७ जना आइसोलेसनमा, सबैको कोरोना परीक्षण हुने

देशभर ८७ जना आइसोलेसनमा, सबैको कोरोना परीक्षण हुने

नेपालखबर
चैत १८, २०७६ मंगलबार ११:१५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ८७ जना आइसोलेसनमा रहेको जनाएको छ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० जना र प्रदेशमा ७७ जना आइसोलेसनमा राखिएको बताएको हो।

आइसोलेसनमा राखिएका सबैको कोरोना परिक्षण हुनेछ।

मन्त्रालयले हालसम्म एक हजार ६० जनाको कोरोना परीक्षण गरिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म विदेशबाट आएकालाई मात्रै नेपालमा कोरोना संक्रमण देखिएको बताउँदै विदेशबाट फर्केका सबैलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न अनुरोध गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .