समाज


बारामा ठोक्किए टिप्पर र कार, २ जनाको मृत्यु

बारामा ठोक्किए टिप्पर र कार, २ जनाको मृत्यु

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १७:१७, काठमाडौँ

बाराको निजगढबाट १० किमि पश्चिममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

निजगढबाट पथलैया जाँदै गरेको प्र २-०३-००१ख०६०७ नम्बरको टिप्पर र विपरीत दिशाबाट आइरहेको बा ०१-०२५च५०७६ नम्बरको कार दिउँसो सवा ३ बजे ठोक्किएका हुन्। 

दुर्घटनामा कारमा सवार दुई जना घाइते भएकामा प्रसूति अस्पताल निजगढ बारामा उपचारको क्रममा मृत्यु भएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए। 

उनका अनुसार कार चालक सर्लाहीका जितनारायण साह र सर्लाहीकै कारको बायाँ साइडमा बसेका नारायणहरी शर्मालाई अस्पतालले मृत घोषणा गरेको थियो। 

टिप्पर चालकको खोजी भइरहेको उनले बताए। हाल टिप्पर र कार घटनास्थलमै छन् भने बाटोमा अवरोध पुगेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad