बागमती


पुल्चोक–गोन्द्राङ सडक उद्घाटनपछि ओली- अहिले चुनाव लाग्या छैन, प्रचार गर्नु पनि छैन

‘चितवन राम जन्मदेखिको ऐतिहासिक महत्त्व बोकेको जिल्ला’
पुल्चोक–गोन्द्राङ सडक उद्घाटनपछि ओली- अहिले चुनाव लाग्या छैन, प्रचार गर्नु पनि छैन

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १७:३०, चितवन

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको पुल्चोक–गोन्द्राङ ६ लेन सडकको आज उद्घाटन गरेका छन्।

नेपाल सरकारको आफ्नै लगानीमा निर्मित भैरहवा, वीरगन्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए।

‘अहिले चुनाव लाग्या’ पनि छैन र चुनाव प्रचार गर्नु पनि छैन। त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन। म आग्रह गर्न चाहन्छु, सबैलाई सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन। विकासमा ध्यान दिऊँ। हामीले एक भएर देश बनाउनुपर्नेछ। मतभेदमा होइन, एकतामा जोड दिऊँ,’ प्रधानमन्त्री ओलीले भने, ‘विचारमा विविधता हुन सक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन। देशको विकास हामी सबै मिलेर गर्ने हो। कोही आएर हाम्रो देश बनाउँदैन। आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै राम जन्मेदेखिको ऐतिहासिक महत्त्व बोकेको जिल्ला भएको उल्लेख गर्दै ‘यो एउटा सभ्यताको सुरुआत भएको भूभाग हो’ भने। 

उक्त सडकखण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए। सडक १ अर्ब १३ करोड ३५ लाख ३४ हजार रूपैयाँ बजेटमा निर्माण सम्पन्न भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad