समाज


प्रि-मनसुनमै ४१ जनाको मृत्यु, २५७ घाइते

प्रि-मनसुनमै ४१ जनाको मृत्यु, २५७ घाइते

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १६:५७, काठमाडौँ

यसपालिको प्रि-मनसुनको हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु भएको छ।

यही क्रममा २५७ जना घाइते भएका छन् भने करोडौँ रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार अहिले प्रि-मनसुन चलिरहेको छ। साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अंग्रेजी महिनाको मार्चदेखि मेसम्मको समयलाई प्रि-मनसुन भनिन्छ।

प्रि-मनसुनमा स्थानीय वायुको प्रभावले सामान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई नेपालका केही स्थानहरुमा असिना पानी पर्ने, हावाहुरी चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधिहरु भइरहेका छन्।

हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावले केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम खण्डित वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागका अनुसार यो मौसमी अवस्था अझै केही दिन रहने प्राधिकरणको भनाई छ।

प्रि-मनसुनको अवधिमा मौसमी अवस्थाको कारणले घट्न सक्ने विपद्जन्य घटनाबाट सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न चनाखो रहन पनि प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad