राजनीति


कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाए वार्षिक ५० अर्ब बढी‍ बचत हुन्छ: अर्थसचिव उपाध्याय

कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाए वार्षिक ५० अर्ब बढी‍ बचत हुन्छ: अर्थसचिव उपाध्याय

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १७:९, काठमाडौँ

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले कर्मचारीको अवकाश हुने उमेर ६० वर्ष पुर्‍याउँदा ५० अर्बभन्दा बढी बचत हुने दाबी गरेका छन्।

आज शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपाध्यायले कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० पुर्‍याउनुपर्ने बताएका हुन्।  

त्यस्तै उनले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ करोड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे। उनले सहसचिवको बढुवालाई समयबद्ध बनाउन सचिव र अतिरिक्त सचिवको समयावधि घटाउनु उपयुक्त हुने सुझाव दिए। तर, अतिरिक्त सचिवको पद भने असफल प्रयोग भइसकेकाले पुनः ब्युँताउन नहुने तर्क गरे।

उनले वार्षिक ४३ सय निजामती कर्मचारी अवकाश हुने गरेको पनि सुनाए।

अवकाश हुँदा एकैपटक धेरै रकम खर्च हुने र उमेर बढाउँदा खर्च बचत हुने उनले बताए।

'नेपालमा निजामती सेवामा ४३ सय कर्मचारी एक वर्षमा अवकाश हुने रहेछन्। यसबाट मात्रै २३ अर्ब रुपैयाँको बचत हुनेरहेछ,' उनले भने, 'निजामती जस्तै सशस्त्र प्रहरीबाट २ अर्ब १३ करोड, नेपाल प्रहरीबाट ६ अर्ब ४८ करोड र नेपाली सेनाबा ६ अर्ब ९५ करोड बचत हुन आउनेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad