ad ad

समाज


कोरोनाले सबैभन्दा बढी ग्रस्त अमेरिका भन्छः कोरोनाको उच्च प्रभाव सम्हाल्न सक्छौं

कोरोनाले सबैभन्दा बढी ग्रस्त अमेरिका भन्छः कोरोनाको उच्च प्रभाव सम्हाल्न सक्छौं

नेपालखबर
चैत १८, २०७६ मंगलबार ७:५८,

अमेरिका अहिले कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। त्यहाँ हालसम्म एक लाख ६४ हजार २६६ जना कोरोनाले संक्रमित भएका छन्।

अमेरिकामा ३१ सय ७० को मृत्यु भइसकेको छ। कोरोनाको उद्गमस्थल चीनमा भन्दा अमेरिकामा संक्रमित र मृतक बढी छन्।

अमेरिकामा कोरोनाको प्रभाव यतिबेला उच्च अवस्थामा छ। यस समयमै ट्रम्पले अमेरिकाले कोरोनाको प्रभाव सम्हाल्नसक्ने बताएका हुन्।

अमेरिकासँग भेन्टिलेटर पर्याप्त भएकाले आफ्नो देशले कोरोनाको सम्भावित खतरालाई रोक्नसक्ने ट्रम्पको भनाइ छ।

हाल अमेरिकाका १० कम्पनीले भेन्टिलेटर र कोरोनाविरुद्धको स्वास्थ्य सामग्री निर्माण गरिरहेको ट्रम्पले जानकारी दिएका छन्।

केही सामग्रीहरु विदेशबाट पनि मगाउने तयारी भइरहेको उनले बताएका छन्।

आइतबार मात्र अमेरिकी सरकारको महामारी विज्ञले अमेरिकामा २ लाखभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाउनसक्ने चेतावनी दिएका थिए।

कोरोना भाइरसको मृतक दर फ्लुभन्दा बढी भएका कारण अमेरिकामा धेरै मानिस मर्ने उनले बताएका थिए।

यससँगै ट्रम्पले एक महिनाको लागि सोसल डिस्टेन्सिङ गाइडलाइन्स लागू गरेका छन्। ट्रम्पले भीडभाड नगरेर, समूहमा नबसेर कोरोनाबाट बच्न सकिने सुझाव दिएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .