ad ad

कला


‘करोड क्लब’मा सरस्वती र कृष्णको लोकदोहोरी ‘भिर्नी झोलामा’

‘करोड क्लब’मा सरस्वती र कृष्णको लोकदोहोरी ‘भिर्नी झोलामा’

नेपालखबर
चैत १८, २०७६ मंगलबार ७:३८,

चर्चित लोकदोहोरी गायिका सरस्वती लामिछाने र गायक कृष्ण अखेलीको स्वर रहेको लोक दोहोरी गीत ‘भिर्नी झोलामा’ युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ।

गत अक्टोबर २२ मा युट्युमा अपलोड गरिएको उक्त गीतको भिडियो म‌ंगलबार दिउँसोसम्म एक करोड तीन लाख ५४ हजारभन्दा बढी पटक हेरिएको छ।

लामिछाने र अखेलीको स्वर रहेको गीतमा शिव अखेलीको शब्द र कृष्ण अखेलीको लय तथा संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र रक्षा श्रेष्ठलाई प्रस्तुत गरिएको छ। सुनिल म्युजिक भिडियोका निर्देशक र चर्चित मोडल हुन भने रक्षा हास्य शृंखला ‘भद्रगोल’ र ‘सक्किगो नि’ कि अभिनेत्री हुन। पछिल्लो समय म्युजिक भिडियोमा पनि जम्दै गएकी रक्षा र सुनिलको जोडी भिडियोमा जमेको छ।

म्युजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका छन् भने दुर्गा पौडेलको छायाँकन र अमृत चापागाईको सम्पादन रहेको छ।

लमिछाने र अखेलीले यसअघि ‘आउने जाने बसैको भाडा तिरम्ला’, ‘उपन्यास’, ‘बतासे पानी’ लगायतका चर्चित गीतहरुमा एकसाथ स्वर भरेका थिए। उनीहरुको सबैभन्दा बढी लोकप्रिय गीत भने भिर्ने झोलामा बन्न पुगेको छ।

आफूहरुको मेहनत दर्शक स्राताहरुले मन पराइदिएको गायिका लामिछाने दावी गर्छिन्। ‘यो गीत तयार गर्न सबै पक्षले उक्तिकै मेहनत गरेका थियौँ, सफल भयौँ खुसी छु’, नेपालखबरसँग उनले भनिन्।
एनले गीत आफूहरुले सोचेभन्दा बढी दर्शकले मन पराइदिएको भन्दै दर्शकलाइृ धन्यवादसमेत दिइन्।

गयक खड्काले पनि दर्शक÷स्रोताको मायाले आफूहरुमा थप जिम्मेवारी थपिदिएको बताउँछन्। ‘दर्शक÷स्रोताले गीतलाई अत्यन्त माया गरिदिनु भयो खुसी छौँ’, उनले भने, ‘आगामी दिनका लागि थप जिम्मेवारी थपिएको महसुस भएको छ।’

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .