समाज


४ हजार ग्राहकको १ करोड रकम चोरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

४ हजार ग्राहकको १ करोड रकम चोरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १६:५३, काठमाडौँ

‘एटी अलर्ट’ मार्फत फिसिङ लिङ्क पठाई ४ हजार ग्राहकको एक करोडभन्दा बढी रकम चोरी भएको पाइएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सो कार्यमा संलग्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौँको अनामनगर बस्ने २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार राहुलले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत ‘द अलर्ट, एटी अलर्ट’ जस्ता फिसिङ लिङ्क पठाई तपाईंको खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिंक खोल्न लगाएर इसेवामा अनाधिकृत पहुँच पुर्‍याउने गरेका थिए।

यसरी उनले चार हजारभन्दा बढी व्यक्तिको इसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इन्नोभेसन प्राइभेट लिमिटेडको मर्चेन्ट खाताहरूमा १ करोड २ लाख रुपैयाँ बराबरको रकम ट्रान्सफर गरी चोरी गरेको प्रहरीले जनाएको छ। 

राहुललाई वैशाख २ गते कालीमाटीबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad