राजनीति


नवलपरासी पुगेका प्रचण्डले भने:  गल्ती भयो, फेरि एकपटक मौका दिनुहोला

नवलपरासी पुगेका प्रचण्डले भने:  गल्ती भयो, फेरि एकपटक मौका दिनुहोला

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १६:५३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीका नेतासहित विभिन्न जिल्ला पुगिरहेका छन्। पार्टीको हुलाकी मार्ग केन्द्रित तराई-मधेस जागरण अभियानअन्तर्गत बुधबार उनी पश्चिम नवलपरासी पुगेका छन्। 

नवलपरासीको प्रतापपुरमा आयोजित सभामा उनले माओवादीले जनतामाझ आउन भुलेको गल्तीलाई सुधारेर फेरि जनतामाझ नै आएको भन्दै फेरि एकपटक मौका दिन आग्रह गरेका हुन्।  

उनले भने, ‘माओवादी जनताको पार्टी हो। गल्ती गरे पनि आफ्नै छोराछोरी सम्झेर एक पटक फेरि मौका दिनुहोला। गल्ती सच्याउँदै अगाडि बढ्ने हो। जिल्लाका साथीले पनि आत्मालोचना गर्दै जनताको पक्षमा काम गर्नु होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad