साइकलमा सवार कवाड संकलक एक व्यक्तिमाथि दुर्व्यवहार गर्ने नगर प्रहरीहरूलाई काठमाडौँ महानगरपालिका प्रहरी प्रमुखले निलम्बन गरेका छन्।
बुधबार बिहान साइकलमा रहेका ती कवाड संकलकलाई लछारपछार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरले छानविन थालेको हो।
महानगरपालिकाले उक्त घटनामा संलग्न नगर प्रहरीहरुलाई जिम्मेवारीमुक्त गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी बलको कार्यालयमा तानिएको प्रमुख राजुनाथ पाण्डेले बताए।
काठमाडौँ महानगरपालिका–४ बालुवाटार क्षेत्रमा प्रहरीले अमर्यादित तथा गैह्रव्यवसायिक ढंगले सम्पादन गरेको भन्दै जिम्मेवारीबाट मुक्त गरिएको नगरप्रहरी प्रमुख पाण्डेले बताएका छन्।
उनले जारी गरेको वक्तव्यमा जिम्वेवारीमुक्त गरिएका प्रहरीको नाम र संख्या भने खुलाइएको छैन।

462
Shares

प्रतिक्रिया