समाज


वृषले महिलाबाट विशेष सहयोग पाउने, मिथुनले ठिक समयमा सही निर्णय लिने, तपाईंको के? हेर्नुस् ३१ चैतको राशिफल

वृषले महिलाबाट विशेष सहयोग पाउने, मिथुनले ठिक समयमा सही निर्णय लिने, तपाईंको के? हेर्नुस् ३१ चैतको राशिफल

ज्यो. मेनुका दाहाल
चैत ३१, २०८१ आइतबार ४:४२, काठमाडौँ

आज  आइतबार, ३१ चैत्र २०८१ (१३ अप्रिल २०२५) । हेर्नुस् आजको राशिफल- 

मेष: आज स्वादिष्ट भोजन मिल्नेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ। वैदेशिक कार्यमा अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। साँझमा भने पारिवारिक झमेला हुनसक्ने र खर्च बढ्नेछ।

आजको लागि भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६७, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नाले राम्रो हुनेछ। तामसीक भोजन नगर्नुहोला।

वृष: महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने छ। धार्मिक र सफल यात्राको योग छ। रोजगारको अवसर मिल्नेछ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन्।

आजको लागि भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ८०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नाले राम्रो हुनेछ। कालो रङको प्रयोग नगर्नुहोला। 

मिथुन: ठीक समयमा सही निर्णय लिन सकिनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्। पुँजी बजारको व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक कार्यमा पनि अघि बढ्नेछ।

आजको लागि भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नाले राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा नगर्नुहोला। 

कर्कट: लाभहानी, सुखदुःख बराबरी रहनेछ। आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। प्रेमसम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। शेयर बजारको कारोबारमा समेत मन्दी आउला।

आजको लागि भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नाले राम्रो हुनेछ। खैरो वा सेतो रङको प्रयोग नगर्नुहोला। 

सिंह: नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिन सक्छ। जीवनसाथीको सल्लाहमा गरीएको कार्यबाट अधिक सफलता मिल्नेछ।

आजको लागि भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नाले राम्रो हुनेछ। सेतो रङको प्रयोग नगर्नुहोला। 

कन्या: राजनैतिक कार्यमा सफलता मिल्नेछ। दानपुण्यका कार्यमा सहभागी भइनेछ। प्राविधिक कार्यमा सफलता पाइनेछ। मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ। वैदेशिक कार्यमा पनि अघि बढ्नेछ।

आजको लागि भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको रहेको छ। यो राशि हुनेहरूले घरमा अतिथिको आगमन हुनेछ। अग्रज व्यक्तिसँग सुझाव लिँदा राम्रो हुनेछ। उत्तर दिशा नजानुहोला। 

तुला: आफन्तको प्रगतिमा मन रमाउनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। प्राविधिक काममा सफलता प्राप्त हुनेछ। धार्मिक तथा समाज सेवामा मन लाग्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

आजको लागि भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६९, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नाले राम्रो हुनेछ। छल कपट नगर्नुहोला। 

वृश्चिक: आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला। घर व्यवहारको समस्याले सताउनेछ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ।

आजको लागि भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नाले राम्रो हुनेछ। हरियो रङको प्रयोग नगर्नुहोला। 

धनु: आज रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। मालसामान हराउन सक्छ। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ।

आजको लागि भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० रहेको प्रतिशत रहेको रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नाले राम्रो हुनेछ। झुट नबोल्नुहोला। 

मकर: रमणीय र सुखद् यात्राको योग छ। नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजन मिल्नेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। प्रणयसम्बन्ध बढेर जाने समय छ। पुँजी बजार तथा सेयर बजारको क्षेत्रमा सफलता पनि मिल्ला।

आजको लागि भाग्यशाली रङ घ्यू रङ्ग र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नाले राम्रो हुनेछ। खरानी रङको प्रयोग नगर्नुहोला। 

कुम्भ: आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। रमणीय र सुखद् यात्राको योग छ। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। व्यापारमा व्यवसायबाट लाभ मिल्नेछ।

आजको लागि भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५६, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नाले राम्रो हुनेछ। आज भरिसक्के लामो यात्रा नगर्नुहोला। 

मीन: आज आफ्नो विचार विपरित निर्णय हुनेछ। विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। नाक तथा घाँटीमा समस्या आउनसक्छ। व्यापारमा व्यवसायबाट लाभ मिल्नेछ।

आजको लागि भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३९, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ३५, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नाले राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नुहोला। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad