नेपाली कांग्रेसका नेता शेखर कोईरालाले संविधान पुनरवलोकन गर्न ढिलाइ भए सडकमा अझै आक्रोस पोखिने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा अहिले धेरै कुराहरु रहेको भएपनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिए। 'संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ, यसमा अब ढिलाइ नगरौँ,’ उनले भने, ‘जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ।’
त्यस्तै त्यस्तै उनले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके पनि जनता अझै आक्रोशित हुने विचार व्यक्त गरे। ‘सुशासन वास्तवमा छैन भने पनि हुन्छ,’ कोइरालाले भने, ‘सुशासन दिलाउनलाई कन्जुस्याँई नगरौँ। भ्रष्टाचारको म कुरा गर्दिन। दण्डहिनता बढेको बढ्यौ छ। यो कुरालाई हामीले नियन्त्रण गरेर अघि जानसक्छौँ भन्ने मलाई विश्वास छ।’
उनले कांग्रेस र एमाले सम्मिलित सरकार रहेकाले सरकारका काम कारबाहीमा कांग्रेसले खबरदारी गर्नुपर्ने जिकिर समेत गरे। ‘नेपाली कांग्रेस सम्मिलित सरकार हो यो,’ कोइरालाले भने, ‘यो सरकारमा हामी पनि सरकारमा छौँ। मैले त एउटा कुरा भन्ने गरेको छु, हामी सत्तामा छौँ तर सरकारमा छैनौँ। किनभने हाम्रो प्रतिष्पर्धी कुनैपनि ठाउँमा एमाले हुन्छ। हामी अहिले एमालेसित सहकार्य गरेर अघि बढिरहेका छौँ। यसलाई म खराब भनिरहेको छैन। तर यो सरकारले कतै गलत, कमी कमजोरी गरिरहेको छ की भनेर हामीले खबरदारी गरिरहनुपर्छ। त्यो नगरे नेपाली काँग्रेस अफ्ठ्यारोमा पर्छ।’
Shares

प्रतिक्रिया